aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

४८ जना प्रहरी सहित काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
४८ जना प्रहरी सहित काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना पुष्टि
LBEF

काठमाडौं । काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ । जसमा १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस