aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

एसियाले क्यासलेस भुक्तानी रुचायो, युरोप भने अझै नगदमै रमाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
एसियाले क्यासलेस भुक्तानी रुचायो, युरोप भने अझै नगदमै रमाउँदै
LBEF

नेपालमा अहिले सरकारले नै क्यासलेस पेमेन्टलाई निकै प्राथमिकता साथ लागू गर्न खोजेको छ । डिजिटल पेमेन्टका लागि नयाँ नयाँ विधि र प्रविधि सञ्चालनमा आउँदै छन् । तर, जसरी एसियाली मुलुकहरूमा क्यासलेस पेमेन्ट (नगद विहिन भुक्तानी) बढ्दै छ युरोपेली देशहरूमा भने अझै पनि नगद मै कारोबार बढी हुने गरेको देखिन्छ । 

मानिसहरूको भुक्तानीका सम्बन्धमा कस्तो व्यवहार देखिन्छ भनेर गरिएको अध्ययन पश्चात् जारी वल्ड क्यास रिपोर्टमा उल्लेख भएअनुसार एसियाली देशहरूमा विद्युतीय भुक्तानी प्रणाली बढी प्रयोगमा आएको तर, युरोपले भने नगदमै कारोबार गर्न रुचाएको पाइएको छ । 

नोटबाट समेत कोरोना भाइरस सर्छ भन्ने तर्क गर्दै नेपालमा पनि मोबाइल तथा कार्डको माध्यमबाट भुक्तानी गर्न सुझाव दिइने गरिएको छ । तर, कोरोनाको अत्यधिक मारमा परेका स्पेन र इटाली जस्ता मुलुकका मानिसहरू भने नगदमै भुक्तानी गर्न रुचाउँदा रहेछन् । 

तथ्याकं अनुसार स्पेनमा ८७ प्रतिशत कारोबार नगदमा हुन्छ भने इटालीमा ८६ र जापानमा ८२ प्रतिशत नगदमा कारोबार हुन्छ । त्यसैगरि, जर्मनी, फ्रान्स र बेलायतमा क्रमशः ८०, ६८ र ४२ प्रतिशत कारोबार नगदमा गरिन्छ । 

यता, एसियाको ठुलो अर्थतन्त्र चीनमा भने ४० प्रतिशत मात्र कारोबार नगदमा हुन्छ । अमेरिकामा यो ३२ प्रतिशत रहेको छ भने दक्षिण कोरियामा १४ प्रतिशत कारोबार नगदमा हुने गरेको देखिएको छ । 

यसरी हेर्दा, जापान मात्र त्यस्तो एसियाली मुलुक हो जसले अझै पनि नगद भुक्तानीलाई नै बढी प्रयोगमा ल्याइरहेको छ । तर, त्यहाँको सरकारले सन् २०२५ सम्ममा ४० प्रतिशत भुक्तानी विद्युतीय माध्यमबाट गर्ने गरी तयारी गरेको छ । जहाँ अहिले १८ प्रतिशत भुक्तानी मात्रै विद्युतीय माध्यमबाट हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस