aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

खोलामा भेटियो पत्रकार बलराम बानियाँको शव, आत्महत्याको आशंका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
खोलामा भेटियो पत्रकार बलराम बानियाँको शव, आत्महत्याको आशंका
LBEF

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको शव सिस्नेरी खोलामा भेटिएको छ । सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ । 

दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका पत्रकार बानियाँ पत्रकार महासंघका पूर्व सचिव समेत हुन । उनी राजनीति र सुशासनका विषयमा कलम चलाउने कुशल पत्रकार हुन । उनको स्थायी घर तनहुँ हो । 
 

प्रतिक्रिया दिनुहोस