aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (पूर्णपाठ)
LBEF

काठमाडौं । सरकारले श्रावण २६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारले काेभिड जाेखिम कम गर्न धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने नगराउने भएकाे छ । साथै चाडपर्वहरू आ-आफ्नै घरभित्र रही परिवारका सदस्यहरूले मात्र मनाउन दिने भएकाे छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्बजनिक गरेका हुन् ।

सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको लामो दूरीका सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले होटल रेष्टुरेण्डमा बसेर खान नपाइने निर्णय गरेको छ। सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ। त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ ।

अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । मन्त्री परिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तराष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ ।’

यस्तै, सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट दशमा झार्ने निर्णय गरेको छ । खतिवडाका अनुसार अब झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु :


 

प्रतिक्रिया दिनुहोस