aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

होटल तथा रेष्टुराँमा बसेर खान नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
होटल तथा रेष्टुराँमा बसेर खान नपाइने
LBEF

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले होटल र रेष्टुराँमा बसेर खान नपाउने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण बढदै गएकाले जोखिम न्यूनीकरण गर्न सरकारले यस्तो निर्णय गरेको हो ।

 मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने जानकारी दिए । रेष्टुराँमा बसेर खान नपाइने तर रेष्टुराँबाट खान लिएर भने जान पाइने व्यवस्था गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस