गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’ - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
Sunrise bank
गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’
LBEF
NCH-IPS

 गलेश्वर ।  हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ ।

बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ ९जगन्नाथ०मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यू–टावर निर्माण गर्न लागिएको छ । चालू वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको रु पाँच लाखको लागतमा  सो टावर निर्माण थालिएको उक्त वडाका वडाध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिए। 

    वडा तथा नगरपालिकामार्फत् नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा जोड दिई धार्मिक पर्यटकलाई जनन्नाथ मन्दिरसम्म ल्याउन र यहाँबाट प्राकृतिक दृश्यावलोकन गराउन भ्यू टावर निर्माण गर्न लागिएको उनले बताए ।

जगन्नाथ मन्दिरमा धार्मिक र गुफाको डाँडोमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यू–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यू–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए । बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयवासीले हेलिप्याडसमेत बनाएका छन् । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र  छ ।
    
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौँ अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करीब डेढ दर्जन हिमशृङ्ला अवलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७  गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडासमेत देखिन्छन् । 

मन्दिर तथा गुफाको डाँडा नजिकै बाइसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना पनि छ ।कन्टेन्टजेन्सीसहित रु पाँचलाखमा निर्माण गरिने सो टावरका लागि रु ८५ हजार १४७ बराबरको जनश्रमदान व्यहोरिने भएको छ । कूल ३६ फिट उचाइको सो टावरले १७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल ओगटेको यसमा सात वटा उक्लने र ओर्लने भाग रहेको बेनी नगरपालिकाका सव–इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस