aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

पर्यटन बोर्डको बजेट ५० प्रतिशतले खुम्चियो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २७ साउन २०७७
Reliance life insurance
पर्यटन बोर्डको बजेट ५० प्रतिशतले खुम्चियो
Jagadamba
LBEF

काठमाडौं । आयस्रोत नराम्ररी प्रभावित हुँदा नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्षको बजेटको आकार झन्डै ५० प्रतिशतले खुम्चिएको छ ।मुलुकको पर्यटनको मुख्य जिम्मेवारी पाएको पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ का लागि करीब ८२ करोड रुपैयाँको बजेट सोमवार पारित गरेको छ । सोमवार बसेको बोर्ड सञ्चालक समिति बैठकले पारित गरेको उक्त बजेटले आन्तरिक पर्यटन प्रवद्र्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिएको छ ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव हुँदा यो वर्ष बोर्ड आफ्नो बजेटमा ठूलो कटौती गर्न बाध्य भएको हो । नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धन केन्द्रित बोर्डको गत आवको बजेट १ अर्ब ६३ करोड रुपैयाँको थियो ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ≈वात्तै घटाउनु परेको बोर्डले बताएको छ । पर्यटकीय गतिविधि सम्पूर्ण रूपमा बन्द भएको र बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले चालू वर्षको बजेटको आकार सानो भएको बोर्डका सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताए ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम अर्थात् टिम्स र पर्यटकबाट लिइने टुरिज्म सर्भिस शुल्कबाट आउने रकम नै हो ।

टुरिज्म सर्भिस शुल्कबाट वार्षिक रू. १ अर्बभन्दा बढी आय हुन्थ्यो भने टिम्सबाट २० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्थ्यो । अहिले पर्यटक आगमन बन्द भएकाले यी दुवै आय शून्य छन् । विश्वभर नै कोरोना संक्रमण कायमै रहेकाले नेपालमा पर्यटक आगमन कहिलेबाट शुरू हुने र यो वर्ष कति पर्यटक आउँछन् भन्ने सुनिश्चितता छैन ।

स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको बोर्डका सदस्य दासले बताए । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब २ लाख पर्यटक आउने अपेक्षासहित करीब रू. २४ करोड त्यसबाट आम्दानी हुने अपेक्षा गरेको छ । त्यस्तै नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएशन नेपाल (टान) को संयुक्त खातामा रहेको टिम्सबापतको १५ करोड रुपैयाँ, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने ६ करोड रुपैयाँ, एअर एशियाबाट प्राप्त हुनुपर्ने ५ करोड रुपैयाँ, यूएनडीपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको दासको भनाइ छ ।

बजेटको आकार सानो भए पनि यो वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा डिजिटल प्रमोशनमा जोड दिइने बोर्डले बताएको छ । विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धन तथा अत्यावश्यक कामका लागि मात्र बजेट तयार पारिएको बोर्डका अर्का सदस्य दीपक महतको भनाइ छ । ‘अहिले बा≈य मुलुकबाट यति नै पर्यटक आउँछन् भन्ने कुराको कुनै ग्यारेन्टी भएन । तर पनि हामीले करीब २ लाख अन्तरराष्ट्रिय पर्यटक आउने अपेक्षा गरेका छौं । कोरोना महामारीको अवस्था भोलि के हुने निश्चित नभएकाले स्वास्थ्य र सुरक्षा प्रोटोकल पालना गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन तथा अनुसन्धानमा जोड दिने योजना बोर्डको छ,’ उनले भने ।

बोर्डले यसअघि करीब २०–२५ करोडसम्मको निकै सानो आकारको बजेट ल्याउने तयारी गरेको थियो । तर, सरकारले बन्दाबन्दी खोलेकाले र निकट भविष्यमै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानसमेत खुला गर्ने निर्णय गरेकाले पर्यटकीय गतिविधि बढ्ने अपेक्षामा बजेट बढाइएको महतले बताए ।

बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डको भनाइ छ । तर, बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियामा प्रचारप्रसारका लागि भने बजेटको व्यवस्था गरिएको छ । कोरोनाका कारण पहिले जस्तो प्रवर्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले डिजिटल माध्यमलाई उपयोग गर्ने रणनीति बोर्डको छ । त्यस्तै, बजेटमा पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सृजना गर्ने कार्यक्रम समावेश गरिएको छ । यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब २ करोड रुपैयाँबाट पर्यटन श्रमिकलाई ब्याज अनुदान दिइने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस