aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen
नाफा

सिद्धार्थ बैंकको नाफा खुम्चियो, प्रति सेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
सिद्धार्थ बैंकको नाफा खुम्चियो, प्रति सेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा
LBEF

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ अर्थात ७.३० प्रतिशत कम हो । बैंकले सार्वजनिक गरेका अपरिष्कृत विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी बढेको छ । खुद नाफा बढेपनि बैंकले खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ३२.४२ प्रतिशत बढेको छ । साथै बैंकको अन्य सञ्चालन खर्च १७.२७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। 

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ७ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर २१ रुपैयाँ ३८ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ ।

९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ रहेको छ । सेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । 

गत आवको चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।  यसबापत बैंकले ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । जसबाट बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस