aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

बीमा कम्पनी पनि आधा कर्मचारीबाट सञ्चालन गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
बीमा कम्पनी पनि आधा कर्मचारीबाट सञ्चालन गर्ने तयारी
LBEF


काठमाडौं । अब बीमा कम्पनीहरूले पनि आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । कोरोना भाइरसका कारण राजधानी उपत्यकासहित सिंगो देशको अवस्था भयावह बन्दै गएपछि बीमा कम्पनीहरूले यस्तो तयारी गरेका हुन् ।

अधिकांश बीमा कम्पनीहरूले यसै साताबाट आधा कर्मचारीबाट कार्यालय मात्रै सञ्चालन गर्ने तयारी गरेका हुन् । कोरोना भाइरसको महामारीको प्रकोप बढ्दै जाँदा बीमा कम्पनीहरूले यस्तो तयारी गरेका हुन् । अधिकांश बीमा कम्पनीहरूले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु समेत न्यूनतम कर्मचारीबाट सञ्चालन गर्ने तयारी गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस