aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिट्यान्स् सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिट्यान्स् सम्झौता
LBEF

काठमाडौं । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । 

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै द्यँऋ द्यबजचबष्ल ब्उउबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । 

नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ । 

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । 

हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए । 


 

प्रतिक्रिया दिनुहोस