aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

कर्णाली राजमार्ग पुन: अवरुद्ध

  • रासस
    रासस
  • आइतबार, २५ साउन २०७७
कर्णाली राजमार्ग पुन: अवरुद्ध
LBEF

जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । “शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी ९डोजर० लगाइएको छ ।” त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ । 

प्रतिक्रिया दिनुहोस