aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

आइपीओ जारी गर्ने तयारी गरेको सिटिजन लाइफकाे नाफा बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
आइपीओ जारी गर्ने तयारी गरेको सिटिजन लाइफकाे नाफा बढ्याे
LBEF

काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

यसअवधिमा योे इन्सुरेन्सले २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३०.६७% ले बढी हो । अघिल्लो वर्ष सिटिजन लाइफले १५ करोड ३६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बिमा कोषको आकार १६४.४४% ले बढेर १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोषको आकार ६३ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको रहेको थियो । अघिल्लो वर्ष १ अर्ब १२ करोड ५४ लाख ६४ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा १ अर्ब ९२ रोड ५७ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 
 
असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउने तयारी पनि गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस