aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुवै योजनाको बुक क्लोज साउन ३२ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुवै योजनाको बुक क्लोज साउन ३२ गते
LBEF

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले प्रस्ताव गरेको प्रतिफलका लागि साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् । 

दुवै योजनाले आइतवार सुचना जारी गरि बुक क्लोजको मिति सार्वजनिक गरेका हुन । यी दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरिक्षण कार्य सम्पन्न गरि प्रतिफल घोषणा गरेका हुन । 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई कर सहित ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । 

यस आधारमा सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई रू. ६ करोड र सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई रू. ११ करोड २५ लाख प्रतिफल प्रदान गर्नेछ । दुवै योजनको प्रतिफल पाउनका लागि बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म शेयर कायम गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस