aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
कस्तो छ आजको मौसम ?
LBEF

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि  भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ । 

यसैगरी, राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस