aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

एनआईविएल समृद्धि फण्ड– १ ले १२ प्रतिशत प्रतिफल दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
एनआईविएल समृद्धि फण्ड– १ ले १२ प्रतिशत प्रतिफल दिने
LBEF

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईविएल समृद्धि फण्ड–१ ले इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल दिने भएको छ । यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न गरी प्रतिफल घोषणा गरेको हो । 

योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको साउन २३ गतेको बैठकले १२ प्रतिशतले हुन आउने रू. १२ करोड बराबर प्रतिफल दिने निर्णय गरेको हो । यस योजना सञ्चालनका लागि रू. १० करोड बराबरको इकाई जारी गरिएको थियो । 

यस योजनको प्रतिइकाई खुद मूल्य असार मसान्तसम्म रू. ११ दशमलव ६० रहेको छ । योजनाले सार्वजनिक गरेको त्यस अवधिको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. १५ करोड ५७ लाख ३७ हजार नाफा गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस