aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्यूर भिसा डेबिट क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्यूर भिसा डेबिट क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ
LBEF

काठमाडौं । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा इजलेन्ट टेक्नोलोजी इन्डियासंगको सहकार्यमा थ्री डी सक्कयूर सेवा प्रारम्भ गरेको हो ।  

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

थ्री डी सेक्यूर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्यूर सेवामा कार्ड र वन टाइम पासवर्ड दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस