aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

‘बैंकका कर्मचारी ढुक्कले अफिस आउने वातावरण सरकारले बनाइदिनु पर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
‘बैंकका कर्मचारी ढुक्कले अफिस आउने वातावरण सरकारले बनाइदिनु पर्छ’
LBEF


अहिले फन्ट लाइनमा रहेका बैंकका स्टाफहरूलाई समयमा पीसीआर परिक्षण गराउने वातावरण मिलाउन गह्र्रो भइरहेको छ । हामी बैकर्सहरूले पनि आर्मी तथा प्रहरीले जस्तै ‘डे वान देखि नै’ अगाडी आएर सेवा दिइरहेका छौँ । कर्मचारीहरूको पीसीआर टेष्ट गराउन सके ढुक्क भएर काम गर्न सक्ने वातावरण बन्ने थियो । 

बैंकका कर्मचारी ढुक्क भएर अफिस आउने वातावरण सरकारले बनाइदिनु पर्छ । लकडाउन खुलेको छ भन्दैमा हामी बाहिर निस्किनै पर्छ भन्ने छैन । पहिलेको भन्दा अहिले धेरै जोखिम बढिरहेको छ । कोभिडका कारण बैंकिङ क्षेत्र पनि डिजिटलाइजेसन हुँदै गएको छ । 

यसले गर्दा घरैबाट बैंकको काम गर्न सकिन्छ भने घरैबाट गरौँ भन्ने हो । अब हामीले ‘बैंक फ्रम होम’ सिष्टमबाट काम गर्न सक्नुपर्छ । घरमै बसेर बैंकका सबै काम गर्नसक्ने मोडालिटीमा जानुपर्छ । हामीले जति ब्रान्च, तथा विभिन्न सिस्टम जडान गरेपनि त्यो चलाउने भनेकोे कर्मचारीहरूले नै हो । त्यसैले हामीले हाम्रा कर्मचारीहरूलाई सुरक्षित राख्नुपर्छ । 

अबको बैंकिङ भनेको डिजिटल बैकिङ हो । तर, हाम्रा ग्राहकहरूले विश्वास गरेर यस्ता प्रविधिलाई स्वीकार गरी चलाउन सक्ने एउटा सिङ्गो पाटो नै बाँँकी छ । डिजिटलाइजेशनको यो पाटोलाई विश्वास योग्य बनाउन पछिल्लो समय कोरोना भाइरसले मद्दत गरिरहेको छ । आगामी दिनमा अकाउन्ट खोल्नेदेखि कर्जा स्वीकृतसम्मका काम कारवाही प्रविधिमार्फत हुन सक्छ ।  एक पटक फेस टू फेस गर्ने त्यसपछि डिजिटाइज फम्र्याटमा ग्राहकलाई सेवा दिने वातावरण हुनुपर्छ भन्ने हो  । त्यसका लागी मेगा बैंकले प्रयास गरिरहेका छ । 

मेगा बैंकले डिजिटल बैंकिङको लागि डिपोजिट गर्नेदेखि अकाउन्ट खोल्नेसम्मका काम गर्न सक्नेगरी प्रविधिको पूर्वाधार तयार पार्दैछ । ग्राहकहरूले लोनको लागि आवश्यक डकुमेन्ट बनाएर बैंकसम्म एक पटक भने आउँनै पर्छ । बैंकमा डकुमेन्टहरू आइपुगेपछि डिजिटल्ली सिईओदेखि बोर्डसम्मले अप्रुभ गर्नसक्ने अवस्था छ ।

डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, डिजिटल सिङ्नेचर यो सबै हामी गर्न सक्ने अवस्थामा पुग्दैछौ । ग्राहकले बैंकमा आउँदा सम्पूर्ण आवश्यक डकुमेन्टहरू लिएर आउनु पर्छ । त्यसपछि डिजिटल्ली नै उहाँहरूको लोन स्वीकृत हुन्छ । कोभिडका कारण ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा बन्द भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

एक चौथाइले रोजगारी गुमाएको अवस्था छ । सरकारले कोभिड प्रभावितलाई तीन वटा प्याकेजमा वर्गीकरण गरेको छ । जसमा रेड जोन,  ग्रीन जोन र एल्लो जोन रहेको छ । त्यो अनुसार हामीले हेरेर ६ महिना, ९ महिना र एक वर्षसम्मको प्याकेज ल्याएका छौँ । राष्ट्र बैंकले ग्राहकहरूलाई कर्जाको किस्ता तथा ब्याज भुक्तान गर्न भाका सार्नुका साथै सहुलियत पूर्ण कर्जाको समेत व्यवस्था मिलाएको छ । कोरोना भाइरसका कारण अहिले नै यसबाट मुक्ति पाइन्छ भन्ने अवस्था छैन । व्यवसाय अझै पनि नर्मल रुपमा शुरु हुन सकिरहेको अवस्था छैन । 

प्याकेजमा छुट्याएका व्यवसायलाई अझैपनि हामीले गम्भिरतापूर्वक अध्ययन गरी प्रभावितहरूलाई विश्लेषण गरेर साँच्चै नै एक वर्षमा रिटर्न गर्न सक्ने अवस्था हो कि होइन भनेर मूल्याङ्कन हुनै सकेको छैन । यसको मूल्याङ्कन हुन जरुरी छ । उहाँहरूलाई सस्तो ब्याजमा अहिले सस्टेन गराउन सक्यो भने एकाध वर्षमा  रिभाइभ गर्न सक्ने अवस्था आउँछ । 


डिपोजिटरहरूलाई मूल्य वृद्धि रेटको हाराहारीमा रिटर्न हुनुपर्छ भन्ने मान्यता हो । त्यो गर्न सक्नुपर्छ । जसले गर्दा सिङ्गल डिजिटमा लोन पाउन सक्ने अवस्था आउँछ । बैंकका लागि डिपोजिटर र ल्यान्डर सबैभन्दा महत्वपूर्ण ग्राहक हुनुहुन्छ । तस्रो भनेको रेगुलेटर हो । राष्ट्र बैकले स्प्रेड रेट ४.४ मा प्याक गरिदिइसकेको अवस्था छ । रियल स्पे्रड हेर्ने हो भने २.६ हुन्छ । किनभने यो त डिपोजिट र ल्यान्डिङको मात्र हो । यहाँ अन्य कस्टहरू केहि जोडिएको छैन । त्यसले गर्दा अहिले हामीले नै प्रश्न गरिरहेका छौँ । बैंकहरूलाई सस्टेन्ट गर्ने यो स्प्रेड दर सही हो की होइन त्यो त समयले देखाउँला ।

नियामकले भनेको कुरा त हामीले जसरी पनि मानेर अगाडी बढ्नु पर्छ । बैंकहरूलाई पनि सस्टेन हुने गरी सेयर होल्डरलाई रिजनेवल रिर्टन दिनसक्ने वातावरण बनाइ दिनु पर्छ । हाम्रो विचारमा ५ प्रतिशत स्पे्रड रेट भनेको नर्मल हो । कोरोनाको बेला बाहेक नर्मल समयमा १५ प्रतिशतसम्म रिर्टन दिनुपर्छ भन्ने हो । बढी कमाउनु पर्छ भन्ने पनि होइन ।

रिजनेवल रिटर्न सबैले पाउनुपर्छ भन्ने हो । व्यवसाय गर्नेलाई एकल डिजिटमा ब्याज ल्याएर हामी कहाँ भएको २ सय अर्ब प्लसको पुँजीलाई युटिलाइज गर्न सक्ने अवस्था पनि हुनुपर्छ । सिङ्गल डिजिटमा लोन लिन पाए उद्यमी व्यवसायीहरू पनि सस्टेन हुन्छन् भन्ने हो ।
सबैभन्दा पहिला हामीले हाम्रा ग्राहकलाई बुझ्नु पर्छ । कुनै पनि प्रडक्ट ल्याएर त्यो प्रडक्ट यसै पनि मार्केटमा सजिलैसँग एसेप्ट हुँदैन । त्यो प्रडक्टको विश्वास हाम्रो ग्राहकमा हुनुपर्छ । 

अहिले कर्जाको डिमान्ड नै छैन । यस्तो अवस्थामा कस्ले व्यवसाय गर्ने ? अहिले वस्तु आयात गरेर ल्याउन सक्ने स्थिति छैन । जसो तसो ल्याएपनि व्यापार नै छैन । 

अहिले बैंकहरूको लोन ग्रोथ नेगेटिभमा गइसकेको छ । डिपोजिट ग्रोथ हाई छ । रेमिट्यान्टसमा पनि कमी आएको छैन । यो वर्ष देखि बैंकमा कोरोनाको असर कस्तो हुन्छ भनेर देखिन थाल्छ । पहिला बैंकका शाखा खोल्ने होडबाजी थियो । अहिले त्यहि शाखा बन्द गर्नुपर्ने स्थिति आएको छ । यो बेला बैंकहरूले आफ्नो कस्ट घटाउने बाहेक सस्टेन हुनेमात्र हो । यो वर्ष भनेको कस्टलाई कसरी मिनिमाइज गर्ने, खर्च घटाएर बच्ने र बचाउने हो । 

प्रतिक्रिया दिनुहोस