aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen
५० प्रतिशत

कोरोना बीमाको अनुदान व्यवस्थापनमा जुट्यो बीमा समिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
कोरोना बीमाको अनुदान व्यवस्थापनमा जुट्यो बीमा समिति
LBEF


काठमाडौं । सरकारले बजेटमार्फत ल्याएको कोरोना बीमा अनुदान व्यवस्थापनको लागि बीमा समिति जुटेको छ । समितिले यहि साता कोरोना बीमा मापदण्ड २०७७ जारी गरेसँगै नेपाल सरकारबाट प्राप्त हुने अनुदान व्यवस्थापनको लागि जुटेको हो । बीमा समितिका कार्यकारी निर्देशक अथवा निर्देशकसहित अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका एक एक जना प्रतिनिधिको सहभागितामा गठिन व्यवस्थापन समितिले अनुदान स्वरुप सरकारबाट प्राप्त हुने रकमको व्यवस्थापन मिलाउने बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । 

कम्पनीबाट जारी भएका बीमा लेखको अनुदान व्यवस्थापन गर्न उक्त समितिले काम गर्ने छ,’ उनले भने ‘कृषि बीमाको जस्तै सरकार र कम्पनीबीच पुलको काम गर्नेछ ।’ समितिले कोरोना बीमा व्यवस्थापनको लागि छुट्टै समिति गठन गरेको छ ।

अनुदान रकम व्यवस्थापन गर्नको लागि समितिको नाममा ‘क’ वर्गको वाणिज्य बैंकमा छुट्टै खाता खोलेर कोरोना बीमाको अनुदान रकम प्राप्त गर्ने छन् । कोरोना बीमाको लेखा परीक्षण समेत महालेखा परिक्षकको कार्यालयमार्फत गराउने बीमा समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा लेखको जोखिम बाँडफाँड समेत गरिएको छ । पहिलो पटक कोरोना बीमाको जोखिम बाँडफाँड समेत गरिएको छ । जसमा पहिलो एक अर्ब बीमक कम्पनी, दोस्रो एक अर्ब पुनर्बीमा कम्पनी, तेस्रो ५० करोड बीमा कम्पनीहरुमा व्यवस्था गरिएको महाविपत्ति कोष, चौथो ५० करोड बीमा समिति र पाँचौं बाँकी जोखिम बहन सबै नेपाल सरकारले व्यहोर्ने उल्लेख छ ।

सररकारले निजामति कर्मचारीको निःशुल्क र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदान दिने भनेको छ । सोही अनुरुप बनेको मापदण्डले यसको सम्बोधन गर्नुका साथै अनुदानको व्यवस्थापन समेत गर्ने तयारी गरेको हो ।बीमा समितिले जारी गरेको कोना बीमा मापदण्ड २०७७ यस सम्बन्धमा जारी भएका बीमा पोलिसीहरू २०७८ साल असार मसान्त सम्मका लागिमात्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस