aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

चार वटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
चार वटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । नेप्सेमा ४ वटा कम्पनीको ३ करोड १७ लाख ४२ हजार २५३.०३ सेयर सूचीकरण भएको छ ।

जसमा सबैभन्दा धेरै कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९०.२८ कित्ता सेयर रहेको छ ।

यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४७२.५० कित्ता (१७.५०%), प्रभु इन्सुरेन्सको ५ लाख ११ हजार ९८९ कित्ता (५%) र ग्लोबल आइएमई लघुवित्तको ३ लाख ८६ हजार ६०१.२५ कित्ता (१७.५०%) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

तत्कालीन देवः विकास बैंकको सेयर अब कुमारीको नाममा सूचीकरण भएको हो । कुमारीले देवः लाई १ः०.८६ अनुपातमा एक्वायर गरेको थियो ।

सोही सेयर स्वाप अनुसार कायम भएको १ः०.८६ को सेयर कुमारीको नाममा सूचीकृत गरिएको हो । अब देवः का सेयरधनीले कुमारी बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । कुमारीले देवः लाई एक्वायर गरेर गत असार २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस