aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु इन्स्योरेन्सको ५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको १७ दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

प्रभु इन्स्योरेन्सले गत माघ २४ गते पारित गरेको ५ प्रतिशत बोनस वापतको ५ लाख ११ हजार ९८९ कित्ता र ग्लोबल आइएमई लघुवित्तले गत मंसिरमा पारित गरेको १७ दशमलव ५० प्रतिशत बोनस शेयर वापतको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता शेयर सूचीकृत गराएका हुन । 

धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको दोस्रो कार्यदिनभित्र कारोबार योग्य हुने यी दुई कम्पनीको बोनस शेयर आइतवारदेखि कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस