aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

माइक्रोसफ्टले टिकटक किन्न लागेपछि अमेरिकी राष्ट्रपतिले कमिसन मागे !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
माइक्रोसफ्टले टिकटक किन्न लागेपछि अमेरिकी राष्ट्रपतिले कमिसन मागे !
LBEF

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको माइक्रोसफ्टले टिकटक खरिद गर्ने भएपछि अमेरिकाले पाउनु पर्न कमिसन मागेका छन् । व्यापार एक राष्ट्र प्रमुखले राखेको यस्तो प्रस्ताव अचम्मको भएको टिका टिप्णी हुन थालेको छ ।  

चिनियाँ कम्पनी टिकटकले आफ्नो अमेरिकामा रहेको व्यापार बेच्न बाध्य पारिएको छ । किनकि राष्ट्रपति ट्रम्पले यस चिनियाँ एपलाई प्रतिबन्धित गर्न आग्रह गरेका छन । टिकटककको दावी अनुसार अमेरिकामा यस भिडियो एपको करीव १० करोड प्रयोगकर्ताहरू छन् । महत्त्वपूर्ण कुरा के छ भने भारत सरकारले सुरक्षा र गोपनियताको प्रमाण दिँदै टिकटकमा प्रतिबन्ध लगाइसकेको छ । 

ट्रम्प प्रशासनले टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरनाक रहेको बताइ सकेका छन । यद्यपि संयुक्त राज्यले कसरी टिक्टकलाई प्रतिबन्ध लगाउन सक्छ भन्ने कुरा स्पष्ट छैन ।  किनभने यसभन्दा अघि कुनै उपभोक्ता एप प्रतिबन्धित गरिएको छैन ।  टिकटकले स्पष्ट रूपमा अस्वीकार गर्दै उनले कुनै अमेरिकी डाटा चिनियाँ सरकारसँग शेयर नगरेको प्रस्ट पारेको छ ।  

माइक्रोसफ्टले पुष्टि टिकटक खरिद गर्ने विषयमा प्रष्ट पारिसकेको छ । एसोसिएटेड प्रेसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले हालसालै पत्रकारहरुलाई भने, “अमेरिकाले यसको मूल्यको ठूलो प्रतिशत प्राप्त गर्नुपर्दछ, किनकि हामीले यो सम्झौता सम्भव तुल्याएका छौं।  हामी चाहन्छौं र हामी विश्वास पनि गर्छौं कि यसको ठूलो प्रतिशत अमेरिकालाई दिइनु पर्छ र हाम्रो कोष आउनु पर्छ । “
 

प्रतिक्रिया दिनुहोस