aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

कोरोनाका कारण थप २ को मृत्यु, मृतकको संख्या ६० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
कोरोनाका कारण थप २ को मृत्यु, मृतकको संख्या ६० पुग्यो
LBEF

काठमाडौं । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छिन् । उनलाई पटक पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको सोमबार बाटोमा मृत्यु भएको  हो । मंगलबार राति गरिएको कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको हो । 

त्यस्तै, अर्का वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष रहेका छन् । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पीसीआर परिक्षण गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो । साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो । उनमा खोकी र ज्वरोको समस्या थियो । उनको आज बिहान मृतयु भएको हो । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस