aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

शेयर बजारमा २१ अंककाे गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
शेयर बजारमा २१ अंककाे गिरावट
LBEF

काठमाडाैं । नेपाली धिताेपत्र मापक नेप्से परिसूचक २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा अडिएको छ । १८६ कम्पनीको १ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

३४ लाख ४७ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन अजोड इन्सुरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको भाउ सबैभन्दा धेरै ९.८४% ले घटेको छ । यता, खरिदबिक्री रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । यसको १३ करोड ६१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा एनएमबि बैंक परेका छन् । 

यतिबेला गत आर्थिक वर्षको वित्तीय विवरण आउने क्रम पनि सुरु भएको छ । यसकारण पनि लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बसेको अनुमान गर्न सकिन्छ ।

निरन्तर घटेर भाउ सस्तो भएपछि फेरि कुनै पनि बेला बजार बाउन्स ब्याक हुन सक्ने विश्लेषणहरु भइरहेका छन् । तथापि, कहिले र कुन विन्दुबाट बजार फर्किन्छ भनेर ठोकुवा गर्न भने सकिंदैन । 

कोरोनाको दोस्रो लहर समुदाय तहमा विस्तार हुन थालेपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेको अनुमान गरिएको छ । किन भने सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि भूमिका रहने गर्छ ।

कोरोना त्रासका कारण यतिबेला कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बसेको अनुमान छ । तथापि, यसअघि बजार कोरोना त्रासकै बीचमा बढेको थियो ।

यस्तै, लक डाउनपछि खुलेको सेयर बजार राम्रै वृद्धि भएको पनि थियो । त्यतिबेला नाफा कमाएकाहरुले बिक्री चाप बढाउँदा पनि अहिले नेप्से सूचक दबाबमा परेको अनुमान गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस