aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

सोल्टी होटलको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
सोल्टी होटलको बोनस शेयर सूचीकृत
LBEF

काठमाडौं । सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले बोनस शेयर वापतको १ करोड ९ हजार ९० लाख ४३६ कित्ता शेयर बुधवार नेप्सेमा सूचीकृत गरेको हो । सोल्टीले गत पुस २४ गते पारित गरेको बोनस शेयर बल्ल सूचीकृत गरेको हो ।

सोहि सभाबाट पारित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश भने होटलले माघ २३ गतेदेखिनै वितरण गर्न सुरु गरेको थियो । नेप्सेमा सूचीकृत भएपश्चात बिहीवारदेखिनै यो शेयर कारोबार गर्न योग्य भएको छ ।
 

प्रतिक्रिया दिनुहोस