aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

सुनको मूल्य एक लाख नाघ्यो, एकै दिन तोलामा १६ सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
सुनको मूल्य एक लाख नाघ्यो, एकै दिन तोलामा १६ सयले बढ्यो
LBEF

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख ९ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस