aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि
LBEF

पर्सा । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नारायणी अस्पतालका एक चिकित्सकका अनुसार पटक पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको  हो । 

उनको अनुसार बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीको मंगलबार राति गरिएको कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस