aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका ११, काठमाडौंका ३८ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, ललितपुरका १ जना र बिआइडिएच ल्याबमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, नेपाल कोेरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ रहेको छ । जसमा १५ हजार २६ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस