aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रङ्गेहात पक्राऊ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रङ्गेहात पक्राऊ
LBEF

भैरहवा । राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग पैसाको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ ।

गुट्खा व्यापारी अनिलकुमार झा सँग २ लाख रुपैँया लिँदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट उनलाई रङ्गेहात पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भूसालले जानकारी दिए । 

भूसाल अख्तियार प्रमुख भएर बुटवल आइसकेपछि घुसखोरीहरु धमाधम पक्राउ परिरहेका छन् । रुपन्देहीमा मालपोत कार्यालय, नापी कार्यालय, भैरहवा भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय र स्थानीय तहका उच्चपदस्थ व्यक्तिहरु घुसकै लेन गर्छन् भन्ने कुरा जानकारी भएकोले विशेष अनुसन्धान तथा निगराइ भइरहेको प्रमुख भूसालले बताए । 


 

प्रतिक्रिया दिनुहोस