aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

अख्तियारका १५ जना कर्मचारीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
अख्तियारका १५ जना कर्मचारीलाई कोरोना संक्रमण
LBEF

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिब २ सय भन्दा बढी कर्मचारीमा गरिएको परिक्षणका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीले जोखिममा पर्ने र स्टिङका लागि घुमिरहने प्रहरी लगायतका कर्मचारीको आइतबार स्वाब सङ्कलन गरिएकोमा आज १५ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको बताए । उनले सङ्क्रमण पुष्टि भएकोमा अधिकांश सुरक्षाकर्मी रहेको बताए । 

उनका अनुसार आज नै सङ्क्रमित कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गर्ने तयारी गरिएको छ । थप ४० जनाको स्वाब सङ्कलन गर्न लागिएको छ । 

प्रतिक्रिया दिनुहोस