aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीद्धारा कोरोना कोषमा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीद्धारा कोरोना कोषमा सहयोग
LBEF

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार  कोषमा   सहयोग गरेका छन् । उनीहरुले ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँ कोषलाई सहयोग गरेका हुन् । 

उक्त सहयोग रकमको चेक आइतबार संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
 
संस्थाले यस पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु. ११ लाख र  सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान रू. २ लाख ५० हजारले गरी  कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस