aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

डिजिटलाइजेसमा सञ्चयकोषको छलाङ, प्रति कर्मचारी अर्निङ ६ करोड पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
डिजिटलाइजेसमा सञ्चयकोषको छलाङ, प्रति कर्मचारी अर्निङ ६ करोड पुग्यो
LBEF

आम सञ्चयकर्तालाई डिजिटल प्रविधिबाट सेवा दिन सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका छौं । अहिले हामीले सबै भुक्तानी प्रणालीलाई डिजिटल प्रविधिमा लगेका छौं । नेपाल क्लिरिङ हाउस लिमिटेडसँग मिलेर डिजिटल प्रणालीमार्फत काम गर्न थालेका छौँ । अब लगभग सबै भुक्तानी चेक बिना नै हुन्छ । हाम्रो पेमेन्ट सबै एनसीएचएलमार्फत शुरु भएको छ । लाखौंको संख्यामा चेकहरू काटिन्थ्यो, अब थोरै तथा नगन्यमात्रमा मात्रै छ । चेक बिना नै रकम भुक्तानी हुन्छ र पैसा जम्मा भएपछि व्यक्तिको मोबाइलमा म्यासेज आउँछ । 

सञ्चयकोषमा ऋण सापटी लिन आउनेको सधै ठूलो भिड हुन्थ्यो । तर, हामीले लकडाउनकोबीचमा नै जेठ ११ गतेदेखि नयाँ सफ्टवेयर मार्फत काम गर्न थाल्यौ । जसले गर्दा त्यो भिड कम भएको छ वा छदै छैन भने पनि हुन्छ । अहिले अनलाइनबाट सञ्चयकर्ताले ऋण सापटी माग गर्नु हुन्छ र यताबाट तुरुन्तै भुक्तानी जान्छ । हालसम्म एक हजार जति सेवाग्राहीले कार्यालयमा नै नआइकन भुक्तानी लिएका छन् । यो बढ्दो क्रममा छ । 

कानुनी अड्चनले गर्दा १० लाखभन्दा बढीको भुक्तानी गर्न सक्ने अवस्था छैन । त्यो पनि चाँडै खोल्ने प्रयत्नमा छौँ । अहिलेसम्म कर्मचारीले सञ्चयकोषमा ऋण सापटी लिएको रकम जम्मा गरेको भौचर आउथ्यो । सो भौचर सम्बन्धित व्यक्तिले ल्याएर हाम्रो कार्यालयमा बुझाउनु पर्ने हुन्थ्यो । त्यो भौचर नबुझाउन्जेलसम्म कोषको हिसाब राख्न सकिदैन थियो । अब त्यसको पनि सफ्टवेयर मार्फत समाधान निकालेका छौं ।

पहिले ऋण तिरे पनि भौचर नबुझाएसम्म हिसाव किताव मिल्दैन थियो । अब ऋण तिरेपछि नै कार्यालयले जानकारी पाउँछ । देशको कुनै पनि बैंकमा सञ्चयकर्ताले जम्मा गरेको रकम सञ्चयकोषको डेडिकेट खातामा जम्मा हुन्छ । अब भौचर नै काट्नु पर्दैन । बैंकबाट बैंकमै ट्रान्फर गर्न सक्नु हुनेछ । वाणिज्य बैंकसँगमात्रै नभएर हामी विकास बैंकसँग पनि टाइअप भएका छौं । यसले आम सञ्चयकर्तालाई सहज भएको छ । 

महालेखा नियन्त्रण कार्यालयले अहिले ‘सिगास’ भन्ने सफ्टवेयर बनाएको छ । यहि प्रणालीमार्फत कर्मचारीको तलब भत्ता पठाउने व्यवस्था गरेको छ । हामी पनि त्यस मै टाइअप हुँदैछौं । हाम्रो पाटोबाट काम भइरहेको छ । यसमा हामीले पनि लगानी गरेका छौं । भदौ अन्त्यसम्म यो प्रणालीमार्फत काम गर्ने हाम्रो योजना छ । कोषले आफ्नै भवनमा सर्वर बनाएर देश कै नमुना डाटा सेन्टर बनाउँदै छ । भदौबाट यो डाटा सेन्टर सञ्चालमा आउने छ । यसबाट डाटा सुरक्षित हुन्छ ।  

अहिले कोषका १५ देखि २० प्रतिशत कर्मचारी भौचर व्यवस्थापनमा लाग्ने गरेका छन् । अब डिजिटल प्रमाणितमार्फत काम गर्न थालेपछि ५÷१० सय जनामात्रै कर्मचारी लाग्ने देखिएको छ । ७५ जनाले गर्ने काम प्रविधिको माध्यमबाट ५ जनाले गर्न सक्ने बनाउँदै छांै । अब थोरै कर्मचारीबाट प्रविधिका माध्यमबाट छिटो र भरपर्दो सेवा दिने तयारी हाम्रो हो । लकडाउनको यो समयमा हामी आईटी इनोभेसनमा गयौं ।

म आउँदा नै लगभग ४ अर्ब रुपैयाँ बराबरीको बैंक रिकन्सिलिएसन बाँकी थियो । त्यो अहिले लगभग ८/९ करोडमा झरेको छ । पुरानाका श्रेष्ताहरू नभएकाले पहिला यहि कामको लागि कर्मचारीको ठूलो टिम थियो । अहिले जम्मा दुई जना कर्मचारीलाई नै काम पुगेको छैन । 

म आउँदा नै लगभग ४ अर्ब रुपैयाँ बराबरीको बैंक रिकन्सिलिएसन बाँकी थियो । त्यो अहिले लगभग ८/९ करोडमा झरेको छ । पुरानाका श्रेष्ताहरू नभएकाले पहिला यहि कामको लागि कर्मचारीको ठूलो टिम थियो । अहिले जम्मा दुई जना कर्मचारीलाई नै काम पुगेको छैन । 

यो प्रणाली सम्भवतः यहि महिनाभित्रै शुरु गर्ने तयारीमा हामी जुटेका छौं । अब खासै काम बाँकी छैन । केहि प्राविधिक काम र यो प्रणाली शुरु गर्ने बोर्डको निर्णय मात्रै बाँकी छ । जब हामी यो शुरु गछौँ त्यसपछि भौचर पोष्टिङ गर्ने लगभग हाम्रा ७५/८० जनाकर्मचारीको काम घट्छ । अनि, जहाँ सुकैका बैंकबाट हाम्रो खातामा पैसा जम्मा गरेपनि तुरुन्त त्यो रेकर्डमा बस्छ । 

पहिले हाम्रो प्रति कर्मचारी अर्निङ ४ करोड थियो अहिले ६ करोड पुगेको छ । पेन्सन फण्डको पनि हामीले जिम्मेबारी लियौँ । त्यसको लागि एउटा विभाग बनायौं । तर, रमाइलो कुरा दरबन्दी भने घटायौँ । अब यो नयाँ सिस्टम शुरु भएपछि अझ बढी हाम्रो जनशक्ति घट्ने छ । ११ सय कर्मचारी थिए । अहिले ५ सय छन् । अब चार सयमा झार्ने तयारीमा हामी छौं । 

म २०५६/२०५८ सम्म निजामति किताव खानामा बसे । त्यहाँ म निर्देशक थिए । त्यति बेला किताव खानामा डाटावेश बनाउन शुरु गरिएको हो । पछि म निर्वाचन आयोग गए । फोटो सहितको नामावली बनाउन लागि बनाए । ३ वर्षको अवधिमा सो काम सम्पन्न भएको हो । पछि राष्ट्रिय परिचय पत्रको प्रणाली बनाउने बेलामा पनि त्यहि बसेर काम गर्यो । म जहाँ जहाँ गए त्यहाँ डाटावेशको काम गर्दै आएको छु । सञ्चयकोषमा पनि सबै काउन्टरहरू बन्द गर्ने हिसावले काम गर्दैछु । 

अहिले हामीसँग लगभग ४ खर्ब छ । गतवर्ष ३ खर्ब ४५ अर्ब थियो । त्यो भन्दा अहिल्लो वर्षको असारमा ३ खर्ब १२ अर्ब थियो । यो अझ बढ्न सक्थ्यो । अहिले हामीले निजी क्षेत्रको सञ्चितकोषलाई सामाजिक सुरक्षा कोष तिर पठायौँ । 

पहिलादेखि कोषमा रकम सञ्चित गर्दै आएका व्यक्तिले जागिर छोडेको वा अन्यत्र सरेको भन्ने प्रमाणसहित आएमा पैसा फिर्ता पाइन्छ । तर, यदि कसैले सो रकम फिर्ता लान चाहँदैन भने उनीहरूलाई ६ वर्षसम्म हामी मुनाफा दिन्छौँ । त्यस बाहेक एक लाख रुपैयाँ उपचार खर्च र १० लाखको स्वास्थ्य बीमाको समेत सुविधा पाइन्छ । 

पहिलादेखि कोषमा रकम सञ्चित गर्दै आएका व्यक्तिले जागिर छोडेको वा अन्यत्र सरेको भन्ने प्रमाणसहित आएमा पैसा फिर्ता पाइन्छ । तर, यदि कसैले सो रकम फिर्ता लान चाहँदैन भने उनीहरूलाई ६ वर्षसम्म हामी मुनाफा दिन्छौँ । त्यस बाहेक एक लाख रुपैयाँ उपचार खर्च र १० लाखको स्वास्थ्य बीमाको समेत सुविधा पाइन्छ । 

यहि १/२ दिनभित्र भवन निर्माणका लागि दुई वटा घडेरी हाम्रो नाममा पास हुँदैछ । जनकपुरमा नयाँ अफिस खोलिएको छ । जसको लागि जग्गा खरिद भइसक्यो । धनगढीमा अफिसको लागि अर्को घडेरी आवश्यक हो । सुर्खेत र कोहलपुरमा भवन निर्माणका लागि ठेक्का लागि सकेका छ । १० प्रतिशत भुक्तानी समेत भइसक्यो । 

पोखरा र हेटौडाको जग्गामा भवननिर्माणका लागि माटो परिक्षण र नक्सा डिजाइनको काम भइरहेको छ । यसरी ६ ठाउँमा कार्यालयको काम हुँदैछ । विराटनगरमा क्वाटर दुई महिनामा बनिसक्छ । अफिस अस्ति भर्खरै म आएपछि उद्घाटन गरेको हो । बुटवलमा अफिसको लागि एउटा तयारी भवन नै किन्ने गरी कृषि विकास बैंकसँग छलफल भइरहेको छ । 

सुन्धारा भवनको केहि समस्या थियो । तर, अहिले ५ वर्षका लागि एक जनालाई ठेक्का दिएको छु । त्यसकारण ठुक्क छ । त्यो भवन पनि थोरै ‘रिनोभेट’ हुँदैछ । धरहराको पाटोमा एउटा लिफ्ट बनाउने र त्यसबाट धरहरा हेर्न मिल्ने बनाउन लागिएको हो । पुरै काठमाडौं हेर्न धरहरा चढ्ने र धरहरा हेर्न सुन्धराको मलको लिफ्टमा जाने गरी भवन बनाउँदै छौँ । 

पोहोरको प्लानिङअनुसार ठमेलमा १३ तले भवन बनाउने भन्ने थियो । तर, अहिले कोरोनाका कारण ठमेल पुरै ठप्प छ । त्यसले गर्दा हामीले हाइराइज बिल्डिङ बनाउने किन बनाउने भनेर छलफल गरिरहेका छौँ । टेकूमा भएको जग्गामा हामी आफै भवन बनाउन पनि सक्छौँ । यदि भवन बनाएनाँै भने त्यो जग्गा लिजमा दिन्छौँ । अन्यज ग्गा इटहरी र चितवनमा पनि छ । यसमा घर नै बनाउने कि जग्गा नै लिजमा दिने भनेर छलफल गरिरहेका छौँ । 

हामी अन्य ठूला परियोजनामा जाने तयारी गरिहेकका छौ । त्यस बाहेक ८/१० वर्षदेखि हामी प्राजेक्ट फाइनान्सिङमा गएका थिएनौँ । हामी २५ करोडभन्दा सानो पुँजी भएको प्रोजेक्टमा जादैनौँ । अहिले हाइड्रोपावर, होङ्सी सिमेन्ट लगायत क्षेत्रमा लगानी गरेका छौँ । 

तामाकोशी, रसुवागढी, मध्यभोटेकोशी, सान्जेन लगायतमा हाम्रो ३० अर्ब भन्दा बढी लगानी छ । यो पैसाको रिपेन्डमेन्ट शुरु हुन्छ । अब हामी यसमा लागनी थपेर अन्त लगानी गछौँ । यो पैसामा थपेर हामी नयाँ परियोजनामा जाने तयारी गरिहरेका छौं । 
 

प्रतिक्रिया दिनुहोस