aarthiknews.com शुक्रबार, ०२ माघ २०७७   Friday, 15 January, 2021
 
tater Group
सस्तो कर्जा

७.९९ प्रतिशत मै नेपाल बैंकले घर कर्जा  उपलब्ध गराउने , मार्जिन ल्याण्डिङ पनि ९.९९ प्रतिशतमा पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
७.९९ प्रतिशत मै नेपाल बैंकले घर कर्जा  उपलब्ध गराउने , मार्जिन ल्याण्डिङ पनि ९.९९ प्रतिशतमा पाइने
LBEF


काठमाडौं । नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले आधार दरमा एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउन लागेको हो । 

असारमसान्तसम्ममा बैंकको आधार दर ६.९९ प्रतिशत रहेकाले पहिलाको जस्तै एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा दिन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए ।  नेपाल बैंकले गरेको घर कर्जाको ब्याजदर हालसम्म कर्जाको ब्याजदर प्रकाशन गरेका बैंकहरूको भन्दा सस्तो हो । 

यसको अतिरिक्त बैंकले नयाँ लघुउद्यम कर्जा, मार्जिन ल्याण्डिङ कर्जा योजना पनि ल्याएको छ । लघु उद्यमसँग सम्बद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत निर्धारण गरेको सीईओ अधिकारीले बताए । सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर हो । बैंकले २५ लाखदेखि ९९ लाखसम्मको लागी लघुउद्यम कर्जा योजना ल्याएको हो । 

त्यस्तै नेपाल बैंकले ९.९९ प्रतिशतमा मार्जिन ल्याण्डिङ कर्जा योजना ल्याएको छ । 
 

प्रतिक्रिया दिनुहोस