aarthiknews.com विहीबार, ०८ असोज २०७७   Thursday, 24 September, 2020
 
Bajaj_Bike
Tasen

१२ एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव, नेपालले कहाँ कहाँ गर्दै छ उडान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
१२ एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव, नेपालले कहाँ कहाँ गर्दै छ उडान ?
LBEF

काठमाडौं । भदौ १ गतेदेखि सञ्चालन गर्न लागिएको अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्नका लागि प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । उक्त उडान भर्नका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चासो देखाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
    
अन्तर्राष्ट्रिय उडानको लागि भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, कुवेतको जजीरा एयर, ओमानको सलाम एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा प्रस्ताव दिएको छ । 

प्रवक्ता क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले शुरुमा एक साताको उडानका लागि निवेदन दिएका छन् । नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा एयरले हप्तामा १५, मलेसियायन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान गर्ने प्रस्ताव गरेको छ । यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा सात÷सात वटा, टर्कीले छ वटा, जजीराले दुई वटा, एयर चाइना र चाइना साउदर्न ले सातामा एकरएक वटा मात्रै उडान अनुमति मागेका छन् ।    

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । सोही अनुरुप स्वदेशी तथा विदेशी एयरलाइन्सहरूले आफ्नो उडान तयारीलाई तीव्रता दिएका हुन् । 


निगमले यी स्थानमा गर्दै छ उडान 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ  १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका भने तय भइसकेको छैन । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ ।

प्राधिकरणका अनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, दुबईमा सात, मुम्बईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात उडान गर्ने भएको छ । त्यसरी नै  बैङ्लोरमा तीन, तथा चीनको ग्वाङ्जाओमा तीन, बैंकक हङकङ र नारितामा तीन÷तीन उडान गर्नेगरी प्रस्ताव गरेको छ ।

हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अवुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अवुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस