aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता
LBEF

काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटि अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् । बैंककोे डेबिट÷के्रडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकलि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस