aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अवधि सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अवधि सकियो
LBEF

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साउन १२ गतेदेखि लिलामीमा विक्री खुला गरेको शेयरमा बोलपत्र पेश गर्ने अवधि सकिएको छ । कम्पनीले फागुन २८ देखि असार २९ गतेसम्म विक्री खुला गर्दा आवेदन नपरेको संस्थापकतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामीमा विक्री गरेको हो । यो शेयरमा साउन १९ गते दिउसो २ बजेभित्र बोलपत्र पेश गर्नुपर्ने थियो ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको यो शेयर खरिद गर्न चाहनेले सो वा सोभन्दा बढी मूल्य अंकित गरि न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । 

शेयर खरिद गर्न चाहनेहरुले बोलपत्र एनएमबि क्यापिटलको नागपोखरी, काठमाडौंबाट र एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, महेन्द्रनगर, विराटनगर, विरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयमा बुझाउन सकिने व्यवस्था कम्पनीले गरेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस