aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen

स्नातक भदौ अन्तिम र स्नातकोत्तर तहको परीक्षा भदौ तेस्रो साता गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
स्नातक भदौ अन्तिम र स्नातकोत्तर तहको  परीक्षा भदौ तेस्रो साता गर्ने तयारी
LBEF

काठमाडौं । त्रिभुन विश्वविद्यालयले कोरोना भाइरस ९कोभिड-१९० का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएका र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ । 

यसअघि सरकारले १ भदौबाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने विश्वविद्यालयले घोषणा गरेको थियो ।

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकम २० दिने पहिलो सूचित गरिने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस