aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

फोटोकपी मेसिनबाट नक्कली नोट छाप्ने  पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
फोटोकपी मेसिनबाट नक्कली नोट छाप्ने  पक्राउ
LBEF

काठमाडौं ।  शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट नक्कली नोट छाप्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला स्याङजा चापाकोट न.५ घर भई  बस्ने बर्ष ३८ को नारायण पौडेलले संचालन गरेको सुबिधा स्टेशनरीबाट पक्राउ परेका हुन । 

नक्कली नोट फोटोकपी  गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाबानेश्वरबाट  खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा नारायण पौडेललाई पक्राउ गरेको प्रहरीले गरेको छ ।

कलर प्रिन्ट थान १ थान, फोटोकपी मेसिन थान १ र फोटोकपी गरि तयार पारिएको एक हजारको नोट थान १० सहित पक्राउ गरेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस