aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen

सूचीकृत भएको तीन दिन वित्दा पनि अजोडको शेयरमा विक्री कर्ता देखिएन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
सूचीकृत भएको तीन दिन वित्दा पनि अजोडको शेयरमा विक्री कर्ता देखिएन्
LBEF

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको तीन दिन वितिसक्दा पनि कारोबार हुन सकेकोे छैन् । साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते सोमबार कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो । अजोडले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।
 
प्रि ओपनिङ सेसनमा विक्रेता नआउँदा बुधवार पनि कारोबार हुन नसकेको नेप्सेको भनाई छ । नेप्सेका अनुसार आईपीओको पहिलो कारोबारका लागि प्रि ओपनिङ सेसनमै खरिद कर्ता र विक्री कर्ताको आदेश म्याच हुन आवश्यक छ ।  कारोबार सुरु हुनु अगावै १०:३० देखि १०ः४५ को समयमा क्रेता र विक्रेता विच खरिद विक्री म्याच भएपछि भात्र कारोबार गर्न सकिनेछ । यो प्रकृया कारोबार खुला भएको दुई दिननै पुरा हुन नसकेकाले अजोडको कारोबार नभएको नेप्सेको भनाई छ । नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो । 

प्रतिक्रिया दिनुहोस