aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

नेप्से २३.३६ अंकले घट्यो, डेढ अर्ब बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
नेप्से २३.३६ अंकले घट्यो, डेढ अर्ब बढीको कारोबार
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन बुधबार घटेको छ । आज नेप्से २३ दशमलव ३६ अंकले घटेर १ हजार ४३१ दशमलव ५२ विन्दुमा कायम भएको हो । 

नेप्सेका अनुसार आज एक अर्ब ६८ करोड बढीको कारोबार भएको छ । आज नेप्सेमा सबै समूह राताम्मे भएका छन् । ति मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ७६ अंकले घटेर १२ सय ३३ दसमलव ४९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ५९ दसमलव ८७ अंकले घटेर छ हजार पाँच सय २६ दसमलव १३ बिन्दुमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९० दसमलव ८२ अंकले घटेर आठ हजार पाँच सय ६१ दसमलव १४ बिन्दुमा झर्दा लघुबित्त, जलबिद्युत, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनियन हाईड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर ५५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संंस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ४५ पैसाले घटेर १४ सय ८५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ८४ रुपैयाँ अन्तिम मुल्यमा १५ करोड ७१ लाख एक सय पाँच रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस