aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen
महँगो सुन

‘हिरा घरानीयाले मात्र नभइ सर्वसाधारणले पनि लगाउने बेला आएको छ’ (भिडियाेसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
LBEF

नेपाली सुन बजारको अग्रपंक्तिमा रहेर आम जनतालाई सेवा दिँदै आएको रिद्धि सिद्धि ज्वलेर्सले करिब ८ वर्षदेखि हिराका गर–गहनाको व्यापार पनि गर्दै आएको छ । ब्राण्डिङ गर्न सिपालु सञ्चालकले नेपाली सुन बजारमा स्थापनाको छोटो अवधिमा राम्रो पकड जमाएका छन् । ग्राहकलाई चित्त विश्व बजारमा सुन महँगिदै जाँदा नेपाली बजारमा हिराका गर–गहनाको सम्भावनाका विषयमा रिद्धि सिद्धि ज्वेलर्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार गुप्तासँग आर्थिकन्युजले गरेको कुराकानीको सारः

तपाईको लामो समयको अनुभवले सुन बजार अब कस्तो होला ? माथि जान्छ वा तल झर्छ, सुन बजारका विषयमा कस्तो संकेत देख्नु भएको छ ?
सुन हाम्रो संस्कृतिसँग जोडिएको वस्तु हो । विवाह वर्तमान तथा पूजा आजामा प्रयोग हुन्छ । महँगो हुँदा तौलमात्र घट्ने हो । यसअघि विवाहको लागि कसैले चार तोला सुन दिन्थ्यो भने अहिले साढे दुई/तीन तोला सुन दिन्छ । सुनको चाम कहिले पनि घट्दैन । यद्यपि अहिले सुन बजारको मूल्य यसै भन्न सक्ने अवस्थामा छैन । बजार उक्लिरहेको छ । मैले सुनको मूल्य अझ माथि जाने देखिरहेको छु । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक हजार ९ सय ३१ डलरमा पुगेको छ । केही समयमा नै २ हजार डलरसम्म पुग्ला भन्ने अनुमान गरिएको छ । अब छिट्टै प्रतितोला सुन एक लाख खर्चिनु पर्छ । 

सुन भनेको बचत हो । हाम्रा पूर्खाले त्यहि सिकाएका हुन् । अप्ठ्यारो परेको बेला खर्च गर्न हुन्छ भनेर । अहिले विदेशीले पनि सुनलाई सञ्चित तरल सम्पत्तिको रुपमा राख्न थालेका छन् । यसले गर्दा सुनको माग र महत्व दिनप्रतिदिन बढ्दो अवस्थामा छ । नेपालीको प्रत्येक घरमा सुन छ । अब अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तल आउने अवस्था छैन । 

सुन महँगिदै जाँदा यसको विकल्पमा हिरालाई प्रयोग गर्न सक्ने अवस्था छ कि छैन ?

सुनको सट्टामा हिरालाई प्रयोग गर्न सकिन्छ । नेपाली समाजमा अहिले पनि हिरा भनेको ठूलाबडा तथा घरानीयाले लगाउने बहुमूल्य धातु भनेर स्थापित भएको हो भन्ने आम नेपालीको बुझाइ छ । तर, सुनमा अलिकति मूल्य थपेर नै भएपनि हिरा खरिद गर्न सकिन्छ । अहिले ठ्याक्कै त्यो अवस्था आएको छ । सुन दिनप्रतिदिन महँगिदै गएको छ । सुनको गहना बनाउँदा शतप्रतिशत २४ क्यारेटको बनाउनु पर्छ भने हिराको गहना बनाउँदा १४ क्यारेटमा बनाउने गरिएको छ । अहिले हिरामा प्रयोग हुने १४ क्यारेटको प्रतितोला सुन ५५/५६  हजारमा आउँछ ।

मसिनो हिराबाट पनि धेरै डिजाइनहरू निकाल्न सकिन्छ । मसिनो हिरा त्यति महँगो हुँदैन । अहिले सुन महँगिदा सुनको गहगहनाको मूल्यमा नै हिराको गहना आउने भइसकेको छ । हिराको गहनाको वजन हल्का हुन्छ । हिराको गहना ५ प्रतिशत कटाएर साट्न सकिन्छ भने १० प्रतिशत कटाएर बिक्री गर्न सकिन्छ । सुनको गहनामा ज्याला जर्ती जाने भएकोले अझ कममा हिराको गहना खरिद गर्न सकिन्छ । 

आम उपभोक्ताले कतिसम्मको मूल्यमा हिराको एक सेट गहना खरिद गर्न सक्नुहुन्छ ? 

चार/साढे चार लाख रुपैयाँमा हिराको एक सेट गहना खरिद गर्न सकिन्छ । चार लाख भनेको अहिले चार तोला सुन हो । सुनको एक सेट गहना बनाउँदा पनि चार लाख रुपैयाँ लाग्छ भने हिराको सेट पनि त्यहि मूल्यमा बन्छ । चार लाखमा किनेको हिराको सेट ८÷१० वर्षपछि नयाँ मोडेलमा चेन्ज गर्दा २० हजार रुपैयाँ थपे हुन्छ भने सुनका १० प्रतिशत ज्यालाजर्ती सहित ४० हजार नोक्सान पर्छ । समग्र रुपमा हेर्दा हिराको गहना किन्दा बुद्धिमानी हुन्छ । 

आम उपभोक्ताले हिरालाई त्यति विश्वास गरिसकेको अवस्था छैन । एक त उहाँहरूको बुझाइमा हिरा महँगो छ भन्ने बुझाइ छ भने अर्को हिरा चिन्ने आधार छैन । यस्तो अवस्थामा हिरा किन्ने ग्राहकलाई कसरी विश्वास दिलाउन सकिन्छ ?

हिरालाई पनि पहिचान गर्ने उपकरण छ । हिराको पनि सुनको जस्तै टेस्टिङ गर्न सकिन्छ । हिरा टेष्टिङमा टेष्ट गरेपछिमात्रै यसको मूल्य निर्धारण हुन्छ । नेचुरल हिरा हो कि होइन भनेर प्रमाणित भएपछिमात्रै मूल्य तोकिन्छ । राम्रो शोरुममा किनेको तथा ब्राण्डेड हिरा लगाउँदा केही पनि समस्या छैन । ढुक्कले सुनभन्दा सस्तो मूल्यमा हिरा आरामले लगाउन सकिन्छ । 

अहिलेसम्म हामीले जतिमासलाई बुझाउनु पर्ने त्यति बुझाउन सकिएको छैन होला । यद्यपि रिद्धि सिद्धिले हिरा बिक्री गर्न शुरु गरेको बजारभन्दा अहिलेको बजार दिनप्रतिदिन बढ्दो अवस्थामा छ । २०/२२ हजारमा हिराको औंठी र २८/३० हजारमा हिराको टप किन्न सकिन्छ । छानेर वा अडर गरेर सस्तो मूल्यमै हिरा लिन सकिन्छ । अब हिरा ठूलाबडालेमात्र नभइ सर्वसाधारणले पनि लगाउने बेला आइसकेको अवस्था छ ।  

अहिलेसम्म हामीले जतिमासलाई बुझाउनु पर्ने त्यति बुझाउन सकिएको छैन होला । यद्यपि रिद्धि सिद्धिले हिरा बिक्री गर्न शुरु गरेको बजारभन्दा अहिलेको बजार दिनप्रतिदिन बढ्दो अवस्थामा छ । २०/२२ हजारमा हिराको औंठी र २८/३० हजारमा हिराको टप किन्न सकिन्छ । छानेर वा अडर गरेर सस्तो मूल्यमै हिरा लिन सकिन्छ । अब हिरा ठूलाबडालेमात्र नभइ सर्वसाधारणले पनि लगाउने बेला आइसकेको अवस्था छ ।  

तर, पनि सुनप्रति हाम्रो लगाव र विश्वास छ । सुन नेपाली समाजको धर्म र संस्कृतिसँग जोडिएको अत्यन्त महत्वपूर्ण वस्तु हो । हिरा कसरी चिन्ने भनेर हामी तालिम दिनुका साथै ग्राहकलाई हिरा खरिद गर्दा ब्रिफ पनि गर्दै आएका छौं । हामीले उपभोक्तालाई सचेत बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । उपभोक्ता सिक्यो भने १० जनालाई सिकाउँछन् । बजार विस्तारै बढ्दो अस्वस्था छ । 

लगानीकर्ताहरुले सुनमा लगानी गर्ने उचित समय हो त यो ? अहिलेको अवस्थामा सेयर वा सुनमध्ये केमा लगानी गर्दा उचित हुन्छ ?

सेयरमा पनि जथाभाबी लगानी गर्न उचित हुँदैन । सुनको मूल्य बढेरै जान्छ । बैंकले ब्याज अनुसार त्यो सेयरबाट हामीलाई आम्दानी हुन्छ हुँदैन पहिला त्यो बुझ्नु पर्ने हुन्छ ।  तर, सुन भनेको अल्टिमेट्ली मूल्य घट्ने कुरा हैन । सुनले अहिलेसम्म ब्याज भन्दा पनि लाभांश नै दिएको अवस्था छ ।

वास्तवमा नेपाली बजारमा कति सुन खपत हुन्छ ?

डिमान्ड मूल्यमा आधारित हुन्छ । मूल्य बढी हुँदा मान्छेले ४ तोलाको ठाउँमा २ तोला सुन किन्छन्, यो अवस्थामा किलोमा हिसाब गर्दा डिमान्ड घटेर जान्छ । अहिलेको अवस्थामा मूल्य बढी छ । हाम्रै पसलमा पनि ९५ प्रतिशत पुरानो गहना बेचेर नयाँ साट्ने अथवा पैसा नै लैजाने अवस्था सिर्जना भएको छ । दैनिकी चार÷पाँच लाख रुपैयाँकोमात्र सुन बिक्री भइरहेको अवस्था छ । तर, हामीले भने लकडाउनका कारण उत्पन्न आर्थिक समस्यालाई समाधान गर्न बढी सुन बिक्रीमा आउने अनुमान गरेका थियौं । तर, त्यसो भएन । 

सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने कार्यविधि बनाइ रहँदा कुन मोडेलमा जाँदा उचित हुन्छ ?

यो कार्यविधिमा सरकारले २५ ग्रामसम्म सुन निक्षेपको राख्न मिल्ने व्यवस्था गर्न लागेको छ भन्ने मैले सुनको छु । तर, आम नेपालीको घरमा सुनको ढिक्का हुँदैन, गहना नै हुन्छ । कम्तिमा पनि एक उपोभोक्ताले २५/३० तोला सम्म सुन राख्न पाउने कार्यनीति बनाउँदा उचित होला ।

तपाईले कालिगडहरुलाई पनि विभिन्न किसिमका तालिम दिँदै आउनु भएको छ  नयाँ कम्पनी पनि तपाईको योजना थियो । अहिले के भइरहेको छ  ?

मूल्य बढेसँगै गहनाको डिजाइन गर्न हामीलाई प्रेसर परेको छ । हामीले कम सुनमा पनि आकर्षक डिजाइन र ठूला आकारका गहना बनाउन सकिनेलगायतका विषय तालिममा दिने गरेका छौं । ग्राहकको बजेटमा उत्कृष्ट डिजाइनको गहना बनाउन सक्नुपर्छ भन्ने हो । थोरै सुन प्रयोग गरेर जतिसक्दो राम्रो गहना बढाएर ग्राहकलाई सन्तुष्ट दिन रिद्धि सिद्धि लागिपरेको छ । त्यहि अनुसारको तालिम हामीले कालिगढहरूलाई समय समयमा दिँदै आएका छौ । 

अनलाइन ट्रेडिगको विषयमा तपाईको योजनाहरु के कस्ता छन् ?

गहनाको अनलाइन ट्रेडिंग गर्नका लागि अहिलेसम्म विश्वासिलो पेमेन्ट गेटवे विकास भएको अवस्था छैन । अनलाइनबाट गहना पठाउने इन्फ्रास्ट्रक्चर बनेको छैन । विराटनगरसम्म पनि कुरियर गरेर गहना पठाउन सकिने अवस्था छैन । कुरियरलाई जिम्मा लगाइएको गहना उपभोक्तासम्म पुग्ने अवस्था सिर्जना भएको छ । 

विदेशबाट विभिन्न गहनाको माग आउँछ । तर, कुरियर गरेर गहना पठाउन मिल्ने व्यवस्था नभएका कारणले गर्दा हामीले चाहेर पनि अनलाइन व्यापार गर्न सकिरहेका छैनौं । अहिलेसम्म नेपाल आएका आफन्तले विदेशमा बसेका नेपालीलाई सुनको गरगहना ह्याण्ड क्यारीमार्फत लैजाने गरिएको छ ।  

कोभिड–१९ ले व्यापार व्यवसायमा असर परिरहँदा कर्मचारीहरुलाई दिने सेवा सुविधमा कुनै कटौती गर्नु भएको कि ?

कोभिडले सम्पूर्ण व्यापार व्यवसायलाई असर त पारेको नै छ । अहिले लकडाउन खुले पनि व्यापार व्यवसाय बढ्न सकेको अवस्था छैन । भन्नु नै पर्दा पसल कुरेरमात्रै बस्तु परेको अवस्था छ । खर्च कटौती गर्नुपर्ने अवस्था भएपनि हामीले भने कर्मचारीको सेवा सुविधामा कुनै कटौती गरेका छैनौ । 

हाम्रो व्यवसायमा आवद्ध कर्मचारीलाई पनि कसरी जोगाउने भन्ने हामीलाई चिन्ता परेको थियो । अन्यले ५०/७५ प्रतिशतमात्रै तलब दिने भनेका बेला हामीले हाम्रा कर्मचारीलाई १०० प्रतिशत नै तलब दियौं । र दिँदै पनि आएका छौं । यसमा हामी प्रतिवद्ध छौं । 

अन्यलाई पनि हामीले शतप्रतिशत तलब दिन अनुरोध पनि गरेका थियौं । म नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको उपाध्यक्ष समेत भएको नाताले सबै व्यवसायीहरूलाई यो आग्रह गरिएको हो । खर्च कटौती गर्न सक्ने अवस्था थिएन, त्यसैले हामीले पुरा तलब नै दियौं । खर्च नपुगेका कर्मचारीलाई लकडाउनको बेलामा रासन पुर्याउनेदेखि पेश्की दिनेसम्मका काम गरिएको थियो । 


कति छन् कर्मचारी ?

अहिले हामीसँग प्रत्यक्ष रुपमा आवद्ध ४० जना कर्मचारी छन् र अप्रत्यक्ष ५ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिएका छौं । प्रशासन र सेल्समा ४०  जना कर्मचारी जोडिएका छन् भने उत्पादनसँग ५ सयजना कर्मचारी छन् । 

शाखा विस्तार गर्ने कुराहरुलाई लिएर के कस्ता योजनाहरु बनाउनु भएको छ ?

अहिले काठमाडौं बाहिर जाने सक्ने अवस्था छैन । अझ विदेशमा शाखा विस्तार गर्न सक्ने अवस्था त छँदै छैन । विश्वासिलो पूर्वाधारहरु नभएको कारणले अहिलेको अवस्थामा शाखा विस्तार गर्ने योजना बनाएका छैनौ । सुनका गर–गहना निर्यात गर्ने पूर्वाधार नबनिसकेकाले निर्यात गर्न नसकिएको हो । निर्यात गर्दा हामीलाई ‘डियुटी ड्र ब्याक’ चाहिन्छ । यसमा सरकारको ध्यान जानु पर्छ । नत्र बाहिर लगेर सुन बिक्री गर्न सक्ने अवस्था छैन । 

सरकार भ्यालू एड गरेर बिक्री गर्न सकिने यस्ता सामानको भन्सार महसुल फिर्ता दिएमा विदेश हामी सहजै अर्बौ रुपैयाँको सुनका गर–गहना निर्यात गर्न सक्छौ । १० प्रतिशतमात्रै ‘भ्यालू एड’ गर्न सकेपनि राम्रो हुन्छ । यसबाट धेरै फाइदा हुन सक्छ । हामी निर्यात गर्ने तयारी अवस्थामा छौं  । तर, सरकारले यसका लागि बाटो प्रशस्त गरिदिनु पर्छ । 

लामो समयदेखि तपाईले हिराको व्यापार गरिरहनु भएको छ । नेपालमा पनि बहुमूल्य पत्थरहरू छन् । यसलाई प्रयोगमा ल्याउन सकिएको छैन । हामीसँग कटिंग गर्ने प्रविधि जडान गर्न नसकेर हो कि या समस्या अरु केही हो ?

हाम्रो पहाडहरूमा यस्ता बहुमूल्य पत्थरहरू छन् । तर, ती पत्थरहरूको उपयोग गर्न नसकेको कुरा अत्यन्त ठिक हो । हामीजस्ता व्यवसायीले चाहेर पनि त्यहाँ गएर काम गर्न सकिरहेका अवस्था छैनौ । हामीले त्यस्ता पत्थर ट्रकमा अत्यन्त न्यून मूल्यमा बिक्री गरेर क्यारेटमा किनिरहेको अवस्था छ ।  

अहिले त्यस्ता कच्चा पदार्थ भएका क्षेत्र निश्चित मानिसको कब्जामा छ । हामीले त्यहाँ गएर काम गर्न सक्ने अवस्था नै छैन । सबैभन्दा पहिलो सरकारले त्यो जालो तोड्नु पर्छ अनि व्यवसायको कुरा आउँछ । हामी  त त्यस्तो काम गर्न सधै तयार छौं । 


 

प्रतिक्रिया दिनुहोस