aarthiknews.com बुधबार, १९ फागुन २०७७   Wednesday, 03 March, 2021
 
tater Group
Bajaj_Bike

बाढीको समय आन्तरिक उडान चाँडो सञ्‍चालनमा ल्याउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
बाढीको समय आन्तरिक उडान चाँडो सञ्‍चालनमा ल्याउन आग्रह
Jagadamba
LBEF

काठमाडौं । वायुसेवा सञ्‍चालक संघले बाढीको समयमा आन्तरिक उडान चाँडो सञ्‍चालन गर्न सरकारलाई आग्रह गरेको छ । 

वायुसेवा सञ्‍चालक संघका अध्यक्ष क्यापटेन रामेश्वर थापाले एक विज्ञप्ती जारी गर्दै अहिले प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्‍याउन सक्ने अवस्था रहेकोले नेपाल सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकता अनुसार नन्सेड्यूल उडान संचालनको अनुमति प्रदान गर्न अनुरोध गरेका हुन् 

आन्तरिक वायुसेवाहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा नेपाल नागकि उड्डयन प्राधिकरणको कोभिड–१९ को गाइडलाइन्स अनुसार उडान सञ्‍चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान संचालनको ड्रिल समेत गरी सकेको हुँदा वायुसेवा संचालक संघले चाडो भन्दा चाडो आन्तरिक उडान संचालन गर्न अनुरोध गरेको हो । 

नेपाल सरकार मन्त्रिपरिषद्को साउन १ गतेको निर्णयअनुसार भदौ १ बाट तोकिएको प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस