aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

अख्तियार अनुसन्धान आयोगमा उजुरीको चाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
Nabil Bank
अख्तियार अनुसन्धान आयोगमा उजुरीको चाङ
LBEF

भैरहवा । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ । विगतमा भन्दा मुलुकमा संघीयता प्राप्ति पछिको ३ तहको सरकार बनेपछि व्यापाक रुपमा भ्रष्टाचार मौलाउँदै गएको पाइएको छ । प्रदेश नम्बर ५ को १० ओटा जिल्ला हेर्ने बुटवल कार्यालयमा आ.व.२०७६/७७ मा  १ हजार ३ सय ३७ ओटा उजुरी दर्ता भएको पत्रकार सम्मेलन मार्फत कार्यालयले सार्वजनिक गरिएको छ ।

रुपन्देही जिल्लाका ४ सय ३४ उजुरी परेका छन् जसमध्ये ३ सय २४ उजुरी फर्छ्यौट भएका छन् । कपिलवस्तुका २ सय ५७ उजुरी परेका छन् जसमध्ये १ सय ६७ फर्छ्यौट भएका छन् । नवपरासी (पश्चिम) मा १ सय ९५ मध्ये १ सय ३८ फछर््यौट, अर्घाखाँचीमा १ सय ३ मध्ये ७९ ओटा फछर््यौट, गुल्मीमा ९७ ओटामा ६६ ओटा फछर््यौट, रोल्पामा ४४ ओटा मध्ये २९ ओटा फर्छ्यौट, नवलपरासी (पूर्व) मा ८३ ओटामा ६० ओटा फछर््यौट, प्युठानमा २२ ओटामा १३ ओटा फछर््यौट, रुकुम (पूर्व) मा ११ ओटामा ५ ओटा फछर््यौट भएको बुटवल कार्यालयका प्रमुख डाक्टर भिष्मकुमार भूसालले जानकारी दिए ।

बुटवल कार्यालयको मातहतमा रहेका सम्पर्क कार्यालय दाङ, बर्दिया र बाँके रहेका छन् तर सम्पर्क कार्यालय रहेता पनि दाङ र बाँकेबाट १÷१ जना स्टिङ अप्रेसनमा परेको बुटवल कार्यालयका प्रमुख भूसालले बताए ।

बुटवल कार्यालयबाट २६ ओटा स्टिङ अप्रेसनमा ४० जना परेका छन् जसमध्ये वडा अध्यक्ष ३ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १ जना, अधिकृत वा सो सरहका ७ जना, प्रधानाध्यापक २ जना, नायव सुब्बा ७ जना, खरिदार ९ जना श्रेणिविहिन कर्मचारी ६ जना र अन्य ५ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

गैरकानुनी रुपमा लाभ लिनेमा उपसचिव वा सो सरहका ३ जना, अधिकृत १२ जना, प्रधानाध्यापक÷शिक्षक ५ जना, बैक प्रबन्धक १ जना, नायवसुब्बा १३ जना, खरिदार ३ जना, निर्माण व्यवसायी ३ जना, उपभोक्ता समितिका अध्यक्ष र सचिव ४ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १ जना र अन्य ५ जना गरी ५० जना रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी लाभ लिने शिक्षक १ जना, अधिकृत १ जना, प्रहरी सहायक निरिक्षक १ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १ जना रहेका छन् ।

प्रारम्भिक उजुरी दर्ताको अवस्थालाई हेर्दा स्थानीय तहमा ३६ प्रतिशत, शिक्षामा २५ प्रतिशत, भूमिव्यवस्थामा १० प्रतिशत, वनमा ५ प्रतिशत, गृमाह ४ प्रतिशत, भौतिकमा ३ प्रतिशत, कृषिमा ३ प्रतिशत, स्वास्थ्यमा ३ प्रतिशत, उर्जा र सिंचाइमा २ प्रतिशत, खानेपानीमा २ प्रतिशत, संस्कृतिमा २ प्रतिशत र अन्यमा ५ प्रतिशत उजुरी परेको कार्यालयले जनाएको छ । आ.व.२०७६÷७७ मा उजुरी परेका मध्ये ४८ प्रतिशत पुरुष, ३ प्रतिशत महिला र ४९ प्रतिशत संघसंस्था रहेका छन् ।

आ.व. २०७०/७१ देखि आ.व.२०७६/७७ को अन्त्य सम्ममा ३ सय ९८ उजुरीमाथि अनुसन्धान गर्न बाँकी रहेकोले तीव्र गतिमा खोजी कार्य भइरहेकोले दोषिलाई जति सक्दो छिटो कारवाहीको दायरामा लिने बुटवल कार्यालयका प्रमुख भूसालले बताए ।
 

प्रतिक्रिया दिनुहोस