इन्फिनिटी लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

इन्फिनिटी लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
Sunrise bank
इन्फिनिटी लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
LBEF
NCH-IPS

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज बिहिबार जेठ १६ गते अन्तिम दिन रहेको छ । सोमबारदेखि सर्वसाधारणका लागि जारी भएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ जारी गरेको थियो ।

कम्पनीले सर्बसाधारणका लागि कुल ६ लाख ७४ हजार कित्ता आइपिओमध्य ६ लाख २९ हजार ९३० कित्ता शेयर विक्री खुल्ला गरेको हो । बाँकी शेयर मध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

सोमबारदेखि छिटोमा जेठ १६ र ढिलोमा असार १० गते सम्म विक्रीमा रहेको यस आईपीओमा तोके बमोजिम आवेदन परे छिटो अवधिभित्र विक्री बन्द हुनेछ । 

हाल १४ करोड रुपैयाँ चुक्तपूँजी रहेको यस कम्पनीको आइपिओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस