aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

२० करोडमा खेतानले बेच्यो एचपी ग्यास, राजधानी ग्यासमा थपिए २ लाख ९० हजार ग्राहक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
Reliance life insurance
२० करोडमा खेतानले बेच्यो एचपी ग्यास, राजधानी ग्यासमा थपिए २ लाख ९० हजार ग्राहक
Jagadamba
LBEF

काठमाडौं । पछिल्लो पटक ग्यास उद्योगमा धमाधम लगानीकर्ता परिवर्तन भइरहेका छन् । केहि समयपहिला उद्योग मन्त्रीको परिवार नै सञ्चालक रहेको ग्यास उद्योग विक्रि भएको थियो । 

खेतान ग्रुपले सञ्चालन गरिरहेको हिमालयन पेट्रोकेमिकल्स (एचपी ग्यास) कुशप्रसाद मल्लि समूह (राजधानी ग्यास)ले खरिद गरेको छ । एचपीको धादिङको धार्केमा रहेको ग्यासको प्लान्ट रहेको जग्गा बाहेक २० करोडमा खरिद गरेको राजधानी ग्यासका सञ्चालक तथा मल्लि ग्रुपका सञ्चालक कुशप्रसाद मल्लि आर्थिक न्युजडटकमलाई जानकारी दिए । मल्लि नेपाल एलपी ग्यास उद्योगका वरिष्ठ उपाध्यक्ष समेत हुन् । 

उनले भने, ुखेतान समूह ठूलो समूहले ग्यास उद्योग सञ्चालन गर्न नसकेकाले हाम्रो समूहले किनेर साउन १ गतेदेखि व्यवस्थापन लिएका छौं ।ु  एचपी ग्यासको चितवन र काठमाडौंमा विक्रिवितरण गर्नेअुनमित छ । तर, चितवनमा ग्यास विक्री गर्ने अनुमति भने निष्कृय रहेको उनले बताए । मल्लिले भने, अब एचपी ग्यासको चितवनको अनुमति सुदूरपश्चिममा लैजाने सोचमा छौं । 

एचपी ग्यास ९० प्रतिशत ग्राहक काठमाडौं उपत्याका भएपनि अब सुदूरपश्चिममा यसलाई स्थापित गर्ने उने बताए । एचपी ग्यासलाई एक वर्षभित्र फ्रान्सको सिराका कम्पनीसँग सहकार्य गरेर अत्याधुनिक स्वचालित प्लान्ट लगाउने र एचपीका ग्राहकलाई गुणस्तरिय सेवा दिने उनले बताए । 

विदेशी कम्पनीको साझेदारीमा थप १५ करोड लगानी गरेर नेपाली ग्राहकलाई सुरक्षितका साथै गुणस्तरिय ग्यास आम नेपालीको भान्सामा पुर्याउने उद्देश्य रहेको उनले बताए ।  एचपी ग्यास काठमाडौं, पोखरा र गोरखा लगायतका क्षेत्रमा बिक्री गरिने उनले जानकारी दिए । एचपीसँग अहिले २ लाख ९० हजार वटा सिलिन्डर रहेको उनले बताए ।  

कुशप्रसाद मल्लि लगभग आधा दर्जन कम्पनीहरुमा संलग्न रहेका छन् । उनी अध्यक्ष, राजधानी ग्यास, अध्यक्ष मल्ली ब्रदर्स प्रा लिमिटेड, अध्यक्ष, ए एम अन्तर्राष्ट्रिय,अध्यक्ष, व्यापारी र लगानी प्रा.लि.लिमिटेड,अध्यक्ष, रिलायन्स फाइनान्स लिमिटेड, निर्देशक, मायादेवी टेक्निकल कलेज,उपाध्यक्ष, नेपाल एलपीजी उद्योग संघ र परामर्शदाता, बुटवल उद्योग बाणिज्य संघमा आवद्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस