खर्बको सिमेन्ट उधारोमा गएपछि उद्यमीले लिए यस्तो निर्णय - Aarthiknews
aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen
उधारो नबेच्ने

खर्बको सिमेन्ट उधारोमा गएपछि उद्यमीले लिए यस्तो निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
खर्बको सिमेन्ट उधारोमा गएपछि उद्यमीले लिए यस्तो निर्णय
LBEF


काठमाडौं । उद्योगीहरूले साउन १ गतेदेखि उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघमा भेला भएर सम्पूर्ण उद्योगीले नयाँ आर्थिक वर्ष साउन १ बाट उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका हुन् । अब सम्पूर्ण बिक्री कारोबार नगदमा गर्नुपर्ने छ ।

संघको निर्णय अनुसार भोलि बिहीबार साउन १ गतेदेखि उद्योगीहरूले नगदमा मात्रै सिमेन्ट बेच्नु पर्नेछ । उधारो सिमेन्ट करिब खर्ब पुग्न लागेपछि संघले यस्तो निर्णय लिएको अध्यक्ष ध्रुव थापाले बताए । ‘बजारमा उठ्नु पर्ने उधारो पैसा नउठेपछि हामीले अब उप्रान्त उधारो सिमेन्ट नदिने निर्णय गरेका हौं,’ उनले अध्यक्ष थापाले भने ‘ उधारो, मूल्य, बोनस र कमिसनमा समेत अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उद्योगीले सम्पूर्ण कारोबार नगदमै गर्ने निर्णय गरेका हौं ।’

निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिई मात्र दिनुपर्ने छ । उधारोको लिमिट विजी र एलसी भित्र रही अधिकतम उधारो समय ६० दिनसम्मको मात्र हुनुपर्ने निर्णयमा उल्लेख गरिएको छ । 

उनकाअनुसार उद्योगले साउन १ गतेभन्दा पहिलाको बाँकी रहम उठाउन नसकेको अवस्थामा उधारो लिने ग्राहक डिलरको नाम लिष्ट ‘उधारो असुली संयन्त्र’ मा जानकारी गराउनु पर्नेछ । सो उधारो असुलीका लागि सबै उद्योगहरूले एकअर्कालाई सहयोग गर्नुपर्ने छ । संघले बनाएको उधारो असुली संयन्त्रले सिमेन्टको रकम भुक्तान नगर्ने डिलरलाई कालो सूचीमा राख्न सक्नेछ । यस अवस्थामा यस्ता ग्राहक तथा डिलरसँग क्ुनै पनि सिमेन्ट उद्योगले कारोबार गर्न पाउने छैन । 

सिमेन्टमा चार खर्ब लगानी छ । हाल ६१ वटा उद्योग सञ्चालित छन् । 

उधारो असुली संयन्त्रमा कम्तीका एक जना सीए, एक जना कानुनी अधिकृत र एक जना प्रशासकीय अधिकृत रह्ने छ । उनीहरूलाई विशेष अधिकार समेत प्रदान गरिएको अध्यक्ष थापाले बताए । सो संयन्त्रलाई अनुगमन गर्न उद्योगीहरूकातर्फबाट एक अनुगमन समिति पनि बनाउने भएको छ ।  उक्त शर्त पालना नगर्ने उद्यमीहरूले जरिवाना स्वरुप निर्णय उल्लंघन भएको पहिलो महिना भन्दा अघिल्लो महिनामा बिक्री गरेका सिमेन्टको प्रत्येक बोराबाट पचास पैसाका दरले बुझाउनु पर्नेछ । 

‘यदि कुनै उद्योगले स्कीम दिँदा प्रतिबोरामा २० रुपैयाँ ननाघ्ने गरी दिनुपर्ने छ,’ उनले भने ‘सो रकम भुक्तानी गर्दा अनिवार्य रुपले कर कट्टी गर्नुपर्ने छ । यसबाहेक सुनचाँदी, हिरामोती, विदेश टूर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस