aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

एसबिआई बैंकका ग्राहकका लागि प्याथोलोजीमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
एसबिआई बैंकका ग्राहकका लागि प्याथोलोजीमा १० प्रतिशत छुट
LBEF

काठमाडौं । नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी टेस्ला डायग्नोस्टिक क्लिनिक कार्ड प्रयोग बापत प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशतका साथै फार्मेसी सेवामा ५ देखि १० प्रतिशत प्रदान गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौता अनुसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो ५ प्रतिशत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठका बिच सम्पन्न भएका छ ।

प्रतिक्रिया दिनुहोस