aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen
राजस्व चुहावट

३ अर्ब ८२ करोड राजस्व छलि गर्ने फर्म विरुद्ध मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
३ अर्ब ८२ करोड राजस्व छलि गर्ने फर्म विरुद्ध मुद्दा
LBEF


काठमाडौं । ३ अर्ब ८२ करोड भन्सार, मूल्य अभिबृद्धी कर र आय कर चुहावट गर्ने फर्म विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । फर्म सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरुबाट बिगो असुर असुल, जरिवाना र कैद सजाय समेतको माग दाबी सहित विभागले आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

काठमाडौं महानगरपालिका वडा नम्बर १७ सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाइटेक इन्टरनेशनल प्रालि समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ । 

भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी चौरी पैठारी गरी कारोबार स्थलमा राखेको, धेरैजस्तो मालवस्तुको लुज बिज जारी गरी वा न्यून बिजकीकरण गरेको पाइएको विभागद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सरकारलाई बुझाउनु पर्ने भन्सार, मूल्य अभिृद्धि कर तथा आयकर छलि गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उक्त फर्मले भन्सार चुहावटतर्फ १ अर्ब ७१ करोड, ५६ लाख रुपैयाँ, मूल्य अभिबृद्धि करतर्फ ५९ करोड २८ लाख र आय कर तथा लाभांश करतर्फ १२ करोड १४ लाख रुपैयाँ राजस्व चुहावट गरेको विभागले ठहर गरेको छ ।

यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपामा सञ्चालनमा रहेका जेएसइस मोबाइल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेकोे अभियोगमा १ अर्ब ३९ करोड ७ लाख बिगो दाबी सहित मुद्दा दर्ता गरिएको छ । 

यी फर्महरुले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ, लगायतका इलेक्ट्रोनिक्स समान ल्याई बिलबिजक जारी नगरी बिक्री गरेको पाइएपछि राजस्व चुहावट गरेको पुष्टी भएको हो । ती कम्पनीहरुले भन्सार चुहावटतर्फ १ अर्ब १ करोड ९८ लाख रुपैयाँ, मूल्य अभिबृद्धि कर तर्फ ३२ करोड २४ लाख रुपैयाँ र आयकर तथा लाभांश कर तर्फ ४ करोड ८५ लाख राजस्व चुहावट गरेको विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस