aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।  

प्रवक्ता गौतमका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ४ जना, शुक्रराज सरुवा रोग प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौं एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर र फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस