aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त
LBEF

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त गरेको छ । विगत दुई दशक भन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेका छन् । केहि महिना देखि उनीले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेका थिए । 

यस अघिनै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेका छन् । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । 

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा करिब ३३ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ३० करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस