aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

कोभिडका कारण ८१ प्रतिशत व्यवसाय बन्दः सीएनआई प्रतिवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
कोभिडका कारण ८१ प्रतिशत व्यवसाय बन्दः सीएनआई प्रतिवेदन
LBEF

काडमाडौं । कोभिड–१९ का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय बन्द भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) र अन्तर्राष्ट्रिय श्रम संगठन मिलेर ‘कोभिड १९ ले व्यवसायमा पारेको असर’ नामक अध्ययनले देशमा सञ्चालित व्यवसायमध्य १७ प्रतिशतमात्रै सञ्चालनमा रहेको उल्लेख गरिएको छ । 

नेपालमा चैत ११ पछि असार २ गतेसम्म गरेको एक अध्ययनले ८१ प्रतिशत व्यवसाय बन्द भएका हुन् । सरकारले असार देखि लकडाउनलाई केही खुकुलो बनाए पछि व्यवसाय खोल्न थालिएको छ । सीएनआईले देशभरका एक सय भन्दा बढी व्यवसायीसँग सर्वेक्षण गरेको थियो । १७ प्रतिशत व्यवसायीले आफ्नो व्यवसाय बन्द नभएको बताएका छन् भने २ प्रतिशतले कुनै प्रतिक्रिया नदिएको अध्ययनमा देखिएको छ । 

सरकारले पूर्ण लकडाउन गरेका बेला अत्यावश्यक बाहेक कुनै व्यापार व्यवसाय सञ्चालन गर्न थिएनन् । त्यही भएर ८१ प्रतिशत बन्द भए भने १७ प्रतिशत अत्यावश्यकभित्र परेकाले सञ्चालनमा रहेको प्रतिवेदन उल्लेख गरिएको छ । सीएनआईले अन्तर्राष्ट्रिय श्रम संगठनसँग मिलेर पहिलो पटक व्यापार व्यवसायमा परेको असरको तथ्यांक सार्वजनिक गरेको हो ।

सर्वेक्षण गरिएको व्यवसायमध्य ३२ प्रतिशत प्रतिष्ठानले ११ देखि ५० जनालाई रोजगारी दिएका थिए । २८ प्रतिशत प्रतिष्ठानले ५१ देखि २ सय ५० जनालाई रोजगारी दिएका थिए । २२ प्रतिशत प्रतिष्ठानले २ सय ५० भन्दा बढीलाई रोजगारी दिएका थिए । १८ प्रतिशत प्रतिष्ठानले १० जनालाई रोजगारी दिएको अध्ययनमा देखिएको छ । 

सीएनआईले सेवामुलक उद्योग, ट्रान्सपोर्ट, टेक्स्टाइल, गार्मेन्ट, लेदर फुटवेयर, स्वास्थ्य, हस्तकला, खाद्य, पिय पदार्थ, टोबाको उद्योगलाई अध्ययनमा सहभागी गराइएको छ । 

प्रतिक्रिया दिनुहोस